विर्तामोड नगरपालिकाले विपन्नलाई राहत दिने, ५० लाखको विपद् व्यवस्थापन कोष घोषणा
१७ चैत, विर्तामोड । झापा जिल्लाको बिर्तामोड नगरपालिकाले कोरोना महामारी विरुद्ध लड्नको लागि ५० लाखको बिपद ब्यबस्थापन कोष निर्माण गर्ने निर्णय गरेको छ। सो कोषमा नगरका सम्पुर्ण निर्बाचित जनप्रतिनिधिहरुले एक महिनाको पारिश्रमिक बापतको रकम हस्तान्तरण गर्ने भएका छन्।
आज बिर्तामोड नगर कार्यपालिकाको बैठकले सहयोग र राहतका कार्यक्रमहरु नगरको उक्त कोष मार्फत नै प्रदान गर्न र एकद्वार प्रणाली लागू गर्न सहयोग दाता सबैमा अपिल समेत गरेको छ। वैठकले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने र अति बिपन्न समुदायलाई लकडाउन अवधीभरका लागि आवश्यक दैनिक खाद्य सामाग्री प्रदान गर्ने निर्णय समेत गरेको छ ।

अागामी ४८ घण्टा भित्र वडा अध्यक्ष , विभिन्न दलका प्रतिनिधि र टोल बिकास संस्थाको संयन्त्र तथ्यांक संकलन गर्ने र सोही तथ्यांकका आधारमा राहत बितरण गरिने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीले जानकारी गराएका छन्।
आइतबार नेकपाको आन्तरिक नगर संचालन संयन्त्रको बैठकले तत्कालै राहत कोष निर्माण गर्न र अन्य तयारीमा तदारुकताका साथ लाग्न निर्देशन दिएको नेकपा बिर्तामोड नगरका इन्चार्ज एबम् नगर संयन्त्र संयोजक युवराज दाहालले जानकारी दिए ।
‘ हिजो पार्टीको संयन्त्र ले गरेका निर्णयहरु तत्काल कार्यपालिकाको बैठक बसि कार्यान्वयन गर्ने समझदारी भएको थियो ।’- नगर इन्चार्ज दाहालले भने। दाहालले कोरोना भाइरसले पैदा गरेको महामारी विरुद्ध सवैलाई एकभई लड्न अपिल गरे।
प्रकाशित मिति : March 30, 2020 at 8:53 pm









