११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

गण्डकी प्रदेशमा सहज खाद्य प्याकेजका लागि विवरण सङ्कलन गरिँदै

१७ चैत, पोखरा । कोरोना सङ्क्रमणको असहज परिस्थितिमा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराउनका लागि गण्डकी प्रदेशमा सहज खाद्य प्याकेजका लागि विवरण सङ्कलन गरिनेभएको छ । प्रदेशमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्न गठित प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिको सक्रियतामा स्थानीय, जिल्ला एवं प्रदेशस्तरबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा गठित समितिको बैठकले अत्यावश्यक वस्तुको माग सङ्कलन र वितरणका लागि जिल्ला एवं र स्थानीय तहस्तरीय आपूर्ति अनुगमन समितिले आफ्ना क्षेत्रमा अत्यावश्यक वस्तुको मागको सङ्कलन गरी पाँच दिनभित्र मन्त्रालयमा पेश गर्ने निर्णय गरेको समितिका सदस्य एवं जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

सहज खाद्य प्याकेज उपलब्ध गराउनका लागि विवरण सङ्कलन कार्यमा जिल्ला एवं स्थानीय तहस्तरीय समिति सक्रियता बन्ने बताउँदै उहाँले त्यसका आधारमा खाद्यान्न वितरण गर्ने तयारी गरिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : March 30, 2020 at 4:10 pm