११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

दुबईबाट नेपाल आएका एक युवाकाे बुटवलकाे काेराेना विशेष अस्पतालमा मृत्यु

१६ चैत, बुटवल । कोरोनाकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। चैत १३ गतेदेखि बुटवल धागो कारखानामा सञ्चालित काेराेना विशेष अस्पतालमा उपचार गराइरहेका पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । उनकाे रिपोर्ट भने आइसकेकाे छैन । उनी चैत ८ गते दुबईबाट नेपाल आएका थिए।

प्रकाशित मिति : March 29, 2020 at 4:11 pm