११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री बोकेको विमान त्रिभुवन विमानस्थलमा

१५ चैत, काठमाडौँ । कोरोना रोकथामका लागि अावश्यक स्वास्थ्य सामाग्री बोकेर  परीक्षणका लागि आवश्यक सामग्री लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन प्रस्थान गरेको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सको वाइडबडी जहाज दिँउसो १२:३० मा चीनको ग्वान्जाओका लागि प्रस्थान गरेको हो।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ प्रस्थान गरेको हाे । उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेकिडल सामान ल्याइने छ। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने छ । विमानमा चालक दलका सदस्य मात्र छन्।

प्रकाशित मिति : March 29, 2020 at 8:28 am