औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटना
१५ चैत, काठमाडाैँ । काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक (यात्रु) रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।

प्रकाशित मिति : March 28, 2020 at 12:30 pm









