११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कोरोना संक्रमित युवतिको परिवारका ६ जनाकै रिपोर्ट नेगेटिभ

१४ चैत, काठमाडौँ । कोरोना संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा उपचार गराइरहेकी १९ वर्षीय युवतीको परिवारका सबै सदस्यको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । अध्ययनका लागि फ्रान्स गएकी ती युवती चैत ४ तगे कतार हुँदै काठमाडौँ आएकी थिइन ।

उनीमा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिए पनि उनको परिवारका सबै सदस्यको परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ । ती युवतीको कोरोना पोजेटिभ देखिएपछि परिवारका सदस्यले पनि नमुना परीक्षण गराएका थिए । उनीहरूको राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ जना सदस्यको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित युवतीको दोस्रो परीक्षण हुन बाँकी रहेको छ । उनी शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमै रहेकी छिन । उनले अाफूमा लक्षण देखिने वित्तिकै संयमता अपनाएकी थिइन । अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाको अनुसार सम्भवतः उनको दोस्रो परीक्षण आइतबार हुनेछ ।

 

प्रकाशित मिति : March 27, 2020 at 9:34 pm