कुरिल टापूमा ७.५ म्याग्निच्यूडको भूकम्प, विज्ञहरूले दिए सुनामीको चेतावनी
१२ चैत, काठमाडौँ। रसियास्थित कुरिल टापुमा बुधबार बिहानै ७ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको चीनको भूकम्प संजाल केन्द्रले जनाएको छ । भूकम्पको अमेरिकी भूगर्भ सर्वेले पनि पुष्टि गरेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नेपाली समयअनुसार ८ बजेर ३४ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु कुरिल टापुमा रहेको सेभेरो कुरिलस्क सहरबाट करिब २ सय किलोमिटर दक्षिणपूर्व क्षेत्रमा रहेको छ । हालसम्म क्षतिको विवरण आएको छैन । यद्यपि भूकम्पपछि विज्ञहरूले सुनामीको चेतावनी दिइएको छ ।

प्रकाशित मिति : March 25, 2020 at 10:07 am









