आजदेखि खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन हुने
१२ चैत, काठमाडाैँ । खाद्यवस्तु बिक्री गर्ने पसलहरु आजदेखि निर्बाध रुपमा सञ्चालन हुने भएको छ । सरकारले मंगलबार अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु सञ्चालन गर्न आग्रह गरेको थियो ।

‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको थियो ।
गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति नै जारी गरेर भनेका थिए ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्। भोलिबाट यस्ता पसलहरू सबै सञ्चालन गर्नु।’
प्रकाशित मिति : March 25, 2020 at 8:44 am









