११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

भारतमा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित नेपाल आउने अन्तिम माैका

११ चैत, काठमाडौँ । सरकारले भारतबाट आउने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित अन्तिमपटक नेपाल आउने अवसर दिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल-भारत सीमामा रहेका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्तसहित सीमाबाट छोडिदिने निर्णय गरिएको बताए।

 

अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेश सरकारको समन्वयमा उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने जानकारी दिए । मन्त्री खतिवडाले नागरिकको जीवन सुरक्षित बनाउन लकडाउन गरिएको भन्दै नागरिकले स्वेच्छाले पालना गर्नुपर्ने बताए। उनले कर्फ्यू लगाउनुपर्ने अवस्था नगरेको पनि बताएका छन्।

प्रकाशित मिति : March 24, 2020 at 4:40 pm