११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

लकडाउनको निर्देशन अवज्ञा गरि घरबाहिर निस्किए एक महिना कैद, सय रूपैयाँ जरिवाना

१० चैत, काठमाडाैँ । सरकारले घरबाहिर ननिस्कन दिएको निर्देशन अवज्ञा गर्नेलाइ एक महिना कैद हुने भएको छ । सरकारले लकडाउनको निर्देशन पालना नगरी घरबाहिर निस्किए एक महिना कैद हुने भएको हो । मंगलबार बिहानदेखि एक साताका लागि लक डाउन गर्दै सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो । ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार एक महिना कैदा हुनेछ ।

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

प्रकाशित मिति : March 23, 2020 at 9:09 pm