११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चितवनमा लकडाउनकाे अवज्ञा गर्ने १० जना पक्राउ

११ चैत, चितवन । लकडाउनकाे उलङ्घन गरि सडकमा हिँडेका १० जना पक्राउ परेका छन् । सरकारले मंगलबार बिहान ६ बजेबाट देशभर लकडाउन गरेकाे छ । काेराेनाकाे सङ्क्रमणबाट बचाउनकाे लागि सरकारले लकडाउन गरेपनि चितवनका बिभिन्न ठाउँमा लकडाउनकाे उल्लङ्घन गर्ने १० जनालाइ पक्राउ गरिएकाे चितवन प्रहरीले जनाएकाे छ ।

प्रतिकात्मक तस्बिर ।

प्रहरीका अनुसार लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको हाे ।

प्रकाशित मिति : March 24, 2020 at 10:55 am