जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका नेपाली क्वारेन्टाइनबाट भागे
१० चैत, काठमाडाैँ । सोमबार बिहान जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका नेपाली क्वारेन्टाइनबाट फरार भएका छन् । बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगले जमुनाह नाकामा अलपत्र परेका ५ सय ४० जनालाई उद्धार गरी नेपाल ल्याएको थियो । नेपाल ल्याइएका उनीहरुलाई नाका नजिकैको महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो ।

क्याम्पस हाताभित्र रहेका उनीहरु पर्खाल समेत नाघेर भागेका । कोही खेततिर भागे त कोही सवारी चढेर एकातिर लागे । क्वारेन्टाइनमा रहेका प्रहरीका अनुसार केही मानिसहरु क्वारेन्टाएनबाट भाग्न सफल भएका छन् । क्वारेन्टाइन व्यवस्थापन समितिले भने आफूहरुले थप व्यवस्था गर्दा गर्दै उनीहरु भागेको बताएका छन् ।
प्रकाशित मिति : March 23, 2020 at 5:41 pm









