११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहँदा युरोप र अमेरिका ठट्टा गर्दै थिएः डा. युवराज संग्रौला

१० चैत, काठमाडाैँ । हामी सबैले गंभीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा राष्ट्र हौं। तेसैले हामीले एउटा राष्ट्रको जस्तो ब्यवहार गर्न पनि जान्नुपर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहेको थियो। वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावका लागि आह्वान गरिरेहेको थियो। तर तेसबेला युरोप र अमेरिका ठट्टा गर्दै थिए। ट्र्म्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे। युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए। नेपालमा एउटा पत्रिकाले मजाक गर्दै माओको मुखमा मास्कलगाएको तस्बिर छाप्यो। नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें।

स्वमसेवक, आफ्नो इच्छाले जान चाहने एउटा चिकित्सकको समूह चीन पठाउनु पर्थ्यो। नेपालले चीन सङ्गको कुटनितिमा ठूलो त्रुटी देखायो, तेसबेला। चीन गएका नेपाली बिद्यार्थीलाई घर आउने अधिकार थियो। तर सरकारले रेस्कु, इभ्याक्युएसन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो। चिनियाँ जनताप्रती त्यसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, हामिले देखाएनौं। हामीलाई तेस्ले कतै छोएन। तर जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले।

२. यो भाइरस रोग थियो। यस्को रास्ट्रीयता थिएन। यो मानिसको विरुद्ध थियो रास्ट्रीयताको बिरुद्ध थिएन। तर युरोप, अमेरिकन संचारमाध्यमले यसलाइ राजनीति ठट्टामा बदले। साप र चमेरो खाएर तेस्तो भको भनेर लेखे। पस्चिमी संस्थाले जनावर मारेको पाप कराएको भनेर लेखे। केही नेपाली संचार माध्यामले पनि यही कुरा दोहोर्याए। अब चीन सकियो भनेर पश्चिमाले खुसी देखायो। जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चिनले, अधिनायकवादको कुरा उठाए। कुटिकुटी मानिस थुनेको आरोप लगाए। अर्थात रोगलाई राजनितिकरण गरे। तेस्को नक्क्ल गर्ने नेपालमा पनि थिए। पश्चिमी मुलुकले त्यसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो। रोगमा राजनीति गर्नु हुने थिएन।

३. अहिले चीनले बद्ला लिएन। चीनले अन्तराष्ट्रिय दायित्वलाई राम्रो सङ्ग आगाडी बढाइरहेको छ। उस्ले अहिले संवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठान्यो। उस्ले सहयोगका हात अगाडि बढायो। अहिले नेपालि पत्रकार माओका मुखमा टांसेको मास्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन। यस माहामारीले बिश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ।

क. युरोप र अमेरिकामा भएको बिज्ञानको बिकास मानिसको जीवन बचाउने क्षमता, प्रबिधि र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ। जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन। यो भ्रष्ट पुंजिबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ।

ख. पुजिंबाद र समाजबादबीचको फरक प्रष्ट देखिएको छ, अहिले। चीनमा जब यो भाइरसका विरुद्ध लंडाइ चलिरहेको थियो, सबैलाइ सरकारले गर्ने सहयोग उस्तै थियो। गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धानीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन। तर पुजिंबादि अमेरीकामा धनिका लागि महंगा अस्पताल छन, सबै सुबिधा छ्न।

तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ। त्याँहाका संचार माध्यामले त्यो कुरा किन बाहिर ल्याउदैनन ? किनभने सबै संचार माध्याम कर्पोरेट हाउसका आधिनमा छ्न र उनीहरुको स्वार्थ भ्रष्ट पुंजिबादको सेवा गर्नु हो। यता नेपालमा पनि उन्को प्रभाव छ, तेसैले ट्र्म्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन। माहामारीको सामाना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा, २० हजार मनिसमा संक्रमण हुदां ६ हजार मरेका घटनाले पुष्ठि गर्छन । नेपालमा पनि धनीहरुको यो माहामारी रोक्ने सहयोग देखिएन। धनीका अस्पतालमा ज्वोरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो।

ग. पस्चिमी पुजिवादी अर्थतन्त्रका लागि यो माहामारी त्रासधीपुर्ण हुने देखियो। एसिया खासै प्रभाबित नहुने पनि देखियो। एसियामा माहामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो। तर पस्चिमी प्रभाबमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीनलाई माहामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन। यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुस भएको जस्तो लाग्दैन। यस्ले नेपालको चीन सङ्गको कुटनीतिमा धमिरा लागेको आंशका गरिएको छ।

घ. चीनले अहिले जसरी डब्लुएचओ र युएनसँग समन्वय गर्दै सहयोग आगाडि ल्यायो, तेस्बाट कुटनितीमा उस्को परिपक्वता प्रकट भयो। उस्को उत्पादन प्रणाली पुन संचालनमा आयो। उस्को अर्थतन्त्रले क्षेती ब्योहोर्नु पर्ने अवस्था अब रहेन । तर बिकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्नु पर्ने देखियो। चीनले एक अर्थमा छंलाङ्ग मार्यो भन्दा हुन्छ।अन्तरास्ट्रिय संबन्धमा चीनको भुमिकालाई बर्खास्त गर्न अब संभब छैन।

४. के हुन्छ नेपालमा चिनको ससक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले ? थुप्रै प्रभाब पर्ने कुरा टडकारो छ। भारत यदि यस माहामारीको प्रकोबमा चीनकै तहमा आयो भने, भारतलाई यो समस्या संबोधन गर्न संभब हुँदैन । पैसा र बिज्ञान नभएर होइन। भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुशासनहीन अल्पज्ञानको सिकार भएको छ। यहाँ पनि कालोबजारी र भ्रष्टाचारको बिगबिगी छ। भारतमा माहामारी फैलियो भने, नेपाल तहसनहस हुन्छ।

के सहयोग माग्ने हक छ हाम्रो चीन सङ्ग अझै ? सहयोग त चीनले फेरि पनि गर्छ। तर उनीहरु हामीलाई सहयोग दिनु अगाडि एक पट्क हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने छ्न। के पश्चिमाले हामीलाई चिकित्सक र औषधी ल्याउने छ ? तेसैले भनेको होला नि, श्रीमती श्रीमान छोडन सकिन्छ, छिमेकी बदल्न सकिन्न भनेर। हामीले भुकम्पमा चीनले लगाएको गुन स्मरण सम्म गरेका छौँ ? सरकारमा बस्नेहरुले मुल्यांकन गर्दा राम्रो होला।

५. यो समस्यालाई सरकारले हेलचेक्राइ नगरोस। तत्काल निम्न कुरा गर्नु गर्नु पर्ने देखिन्छ।

क. चीनसङ्ग सहयोग मागोस। चिकित्सक, औषधि र प्रबिधि तत्काल ल्याओस। आइसोलेसन गृह निर्माणमा सेनाको प्रयोग गरोस। बांचे मात्र पछि प्रगति गरिने हो।

ख. कालाबजारी रोक्न र माहामारीका नाममा देखिएको कालाबजारी र स्थानीय तहमा देख्न थालिएको अपब्यय रोक्न आपात्काल घोषणा गरियोस।

ग. सिमाना बन्द गरियोस र तराइका सबै शहरमा उच्चस्तरीय स्वास्थ समुहहरु पठाइयोस। तराइका जनतालाई आतंकबाट जोगाइयोस।

घ. घनी र ठुला मानिस बेइमान हुन्छ्न भन्ने प्रष्ट देखिसकियो। गरिबहरुलाई रासन बाड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस।
ङ. गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस।

६. हरेक समस्याले पाठ सिकाउँछन। हाम्रो संघीयता कति सफल छ भन्ने यसले नै देखाउने छ। सरकारले राम्रोसङ्ग डेलिभेरी गरेन भने, र दलहरुले आफ्नो औचित्यता प्रमाणित गरेनन भने बिद्धुतको तालिम केन्द्रमा नेताहरुले पुग्नु पर्ने हुन सक्छ। भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देख्नु भएकै होला। निरो रोम जल्दा बांसुरीमा आफ्नो गीतको लय बनाउदै थिए।

अहिले पो थाह भयो उनी रोम जलोस भन्ने चांहादा रहेछ्न। उनी त्याहां ठुलो महल बनाउन चाहादा रहेछ्न। जति बेला रोम जल्दै थियो, उनले बार्द्लिमा उभिएर हेरेछ्न, रातमा उज्यालो। उनलाई खुब मन परेछ। त्यसपछि जुन अराजकता रोममा जन्मियो, तेस्ले रोम नै मासियो। हामिले आँखा खोल्नु अवश्यक छ। भुकम्पपछि मानिसमा अराजकता झन मौलायो। यो माहामारीले अराजक पराबलियनहरुको तांती झन झन बढ्ने छ। अहिलेको मोजमस्ती महङो हुनेछ। (डा. युवराज संग्रौलाको फेसबुकबाट )

प्रकाशित मिति : March 23, 2020 at 12:02 pm