अनिलको अनुकरणीय कामः सरकारले स्थापना गरेको कोरोनाविरूद्धको कोषमा एक लाख दिने
९ चैत, काठमाडाैँ । युवा पर्यटन व्यवसायी अनिल लामाले कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक लाख दिने घोषणा गरेका छन । सरकारले छुट्टै कोष खडा गरेर नियन्त्रणको पहलकदमी लिएसँगै लामाले एक लाख रूपैयाँ कोषमा दाखिला गर्ने बताएका हुन ।

सोट्टो नेपालका पूर्व अध्यक्ष एवं नेपाल भ्रमण वर्ष २०२० को बागमती प्रदेश संयोजक रहेका लामाले दैनिकीसँग कुरा गर्दै अाफूले यसअघि नै घोषणा गरे अनुसार कोषमा एक लाख रूपैयाँ दिने बताए ।
प्रकाशित मिति : March 22, 2020 at 10:09 pm









