सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने सरकारको निर्णय
९ चैत, काठमाडाैँ । सरकारले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने निर्णय गरेको छ । अाइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अस्पताललाई कोरोना उपचारको विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

यस्तै सरकारले कोभिड १९ को जोखिम कम गर्न सरकारले भारत र चीनसँगको नाका एक साता पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : March 22, 2020 at 9:20 pm









