१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नेपाललाई तत्काल चाहिने मेडिकल सामग्रीको सूची चीन पुग्यो, यस्ता छन माग भएका सामग्री

नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ । चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको गोरखापत्र दैनिकमा चाँदनी हमालले समाचार लेखेकी छिन ।

“स्वास्थ्य मन्त्रालयले नभई नहुने मेडिकल सामग्री चिजहरु छन् , तिनीहरुको लिस्ट परराष्ट मन्त्रालयलाई पठाएको छ , त्यही लिस्ट चीनलाई सञ्चार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो । स्वास्थ्य मन्त्रालयले पठाएको लिस्ट अनुसार मास्कदेखि भाइरस पत्ता लगाउने मेसिन सम्मका सामग्री रहेका छन् ।

झण्डै डेढ महिना पहिले नेपालले चीनलाई एक लाख मास्क सहयोग गरेर छिमेकीको सौहार्दता प्रकट गरेको थियो । सोही अनुसार चीनले पनि आवश्यक परेको सहयोग गर्ने बचन अनुसार यसपटक सरकारको उच्चस्तरमा सोधेपछि चीनसँग सहयोग लिन थालिएको मन्त्रालयले जनाएको छ ।

करिब ४० हजार मास्क, भाइरल डिटेक्टिभ मेसिन र सिआरटी मेसिन ४० थान, तथा भेन्टिलेटर एकसय थान, मोनिटर दुइहजार थानको हाराहारीको सूची लिस्टमा रहेको जनाइएको छ । त्यस्तै मोबाइल एम्बुलेन्स, इन्फेक्सन नसर्ने मोबाइल, अक्सिजन प्लान्ट, थर्मो स्क्यानर लगायतका सामग्री पनि सूचीमा रहेको छ । अन्य मेडिकल सामग्री पनि त्यो सूचीमा समावेश छ । चीनले आफ्नो अनुभवको आधारमा परेको खण्डमा चिकित्यकीय टोलीको सहयोग भिडियोमार्फत गर्न सक्ने जनाएको छ ।

प्रकाशित मिति : March 21, 2020 at 8:18 am