कोभिड-१९ रोकथामको प्रयासः नेपालसहित २२ मुलुकका प्रतिनिधिसँग चिनियाँले अनुभव बाँडे
७ चैत, काठमाडाैँ । कोभिड-१९को जोखिम न्यूनीकरण र अनुभव आदान प्रदानका लागि चीनले नेपालसहित २२ मुलुकका प्रतिनिधिसँग भिडियो कन्फ्रेन्स गरेको छ । शुक्रबार नेपाली टोलीले परराष्ट्र मन्त्रालयबाट कन्फ्रेन्समा सहभागिता जनायो । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटान लगायत विभिन्न २२ देशहरुको सहभागी रहेका थिए । कन्फरेन्समा चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएको कदम र पाएको सफलताबारे अन्य मुलुकहरुलाई जानकारी बाँडेको थियो । नेपालको तर्फबाट स्वास्थय मन्त्रालयका डा दिपेन्द्ररमण सिंहले भिडियो कन्फ्रेन्समा सहभागिता जनाएका थिए । तस्बीरहरूः नेपालस्थित चिनियाँ दूतावास

प्रकाशित मिति : March 20, 2020 at 9:40 pm









