मकवानपुरमा अज्ञात समूहको गोली प्रहारबाट मोक्तान घाइते
७ चैत, हेटौँडा । अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् । गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : March 20, 2020 at 5:58 pm









