१० असार २०८३, बुधबार | Thu Jun 25 2026

एकल महिला समूहले क्वारेन्टाइनलाई आवश्यक परे ‘छहारी’ भवन उपलब्ध गराउने

७ चैत, काठमाडौँ । एकल महिला समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्दा ३६५ जनालाई क्वारेन्टाइनमा राख्न सकिने विभिन्न ‘छहारी’ भवन उपलब्ध गराउने भएको छ । समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले आज उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी सो जानकारी दिएको हो । समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाई आफ्ना १० ‘छहारी’ भवन उपलब्ध गराउन तयार रहेको अवगत गराएको हो ।


समूहले सुनसरी, झापा, धनकुटा, सङ्खुवासभा, काठमाडौंँ, काभ्रेपलाञ्चोक, चितवन, धादिङ, सुर्खेत र कैलालीमा रहेका ‘छहारी’ भवन बनाएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले अहिलेको अवस्था सजग रहने मात्रै भएको बताउँदै परेका खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विरुद्ध काम गर्न सरकार तम्तयार रहेको दृढता व्यक्त गर्नुभयो । उहाँले सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरेको उल्लेख गर्दै आतङ्कित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : March 20, 2020 at 5:34 pm