नेपाल एयरलाइन्सद्धारा भारतका सबै शहरको उडान बन्द
७ चैत, काठमाडौँ । नेपाल एयरलाइन्सले भारतका सबै शहरको उडान बन्द गरेकाे छ । एयरलाइन्सले भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत ९ गतेदेखि लागु हुने गरी स्थगित गरेको हाे ।

नेपाल एयरलाइन्सले यसअघि दिल्ली उडान घटाएको थियो । निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।
प्रकाशित मिति : March 20, 2020 at 3:27 pm









