१० असार २०८३, बुधबार | Thu Jun 25 2026

आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुँदै, कोरोना नियन्त्रणमा चीनले सघाउँने

७ चैत, काठमाडाैँ । आज नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि गरिने भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनेछन्।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ। के के सामान जरुरत पर्छ भन्ने विषयको लिस्ट तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो। चीनको वुहान सहरबाट फैलिएको संक्रमणलाई चीन सरकारले लगभग नियन्त्रण गरिसकेको छ। अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ।

प्रकाशित मिति : March 20, 2020 at 11:41 am