भैसेपाटीमा निर्माणाधिन मन्त्री निवास दुई बर्षमै तयार हुने, कामको तीब्रता देखर अनुगमन टोली दंग
७ चैत, काठमाडौँ । आगामी निर्वाचन अगावै मन्त्रीनिवास पुल्चोकबाट भैसेपाटी सर्ने भएको छ । निर्माणाधिन मन्त्रीको निवासको स्थलगत अनुगमन र अवलोकन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विसं २०७९ को आम चुनाव अगावै मन्त्रीहरूको सरकारी निवास पुल्चोकबाट भैसेपाटी सर्ने तय भएको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, पूर्वाधार विज्ञ गजेन्द्र थपलिया लगायतले बिहीबार भैँसेपाटीस्थित निर्माणाधिन मन्त्री निवासको स्थलगत अवलोकन र अनुगमन गरेका थिए । अनुगमनका क्रममा अझ तीब्र रूपमा काम अघि बढाउन जिम्मेवार अधिकारी, पदाधिकारी र निर्माण व्यवसायीको ध्यानकर्षण गराएको थापाले बताए । उनले अहिले भैरहेको कामको तीब्रताको पनि प्रशंशा गरे ।
९७ रोपनी क्षेत्रफलमा निर्माणाधीन नयाँ मन्त्री निवास मन्त्रिनिवासको १ अर्ब ३ करोडको बजेटमा निर्माण कार्य सक्ने गरी काम भैरहेको छ ।निवासमा संघीय मन्त्रपरिषदका २४ सदस्य, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसहिका लागि २८ वटा भवन एकैसाथ निर्माण भैरहेको छ । भैंसेपाटीस्थित नयाँ मन्त्रिनिवासको निर्माण कार्य दुई बर्षमा पूरा भइसक्ने गरी प्रधानमन्त्री ओलीले केही महिनाअघि शिलन्यास गरेका थिए ।



प्रकाशित मिति : March 20, 2020 at 7:05 am









