१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सरकारी निर्णय अवज्ञा गरेकोमा सेन्ट जेभियर्स स्कुललाई कारबाही गर्न अनेरास्ववियूको माग

६ चैत, काठमाडौँ । अनेरास्ववियूका संयोजक ऐन महरले जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलले सरकारी निर्णयको उल्लंघन गरेको भन्दै कडा आपत्ति जनाएका छन । सरकारी निर्णय र निर्देशन विपरित स्कुलले ८ हजार बढी विद्यर्थी भेला गरेर प्रवेश गरीक्षा लिएको भन्दै संयोजक महरले आपत्ति जनाएका हुन ।

महरले स्कुलले बालबालिका र जनताको स्वास्थ्य माथि खेलवाड गरिरहेको बताए । उनले सेन्ट जेभियर्सको कदमको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अबिलम्ब कार्बाहिको दायरामा ल्याउन अनुरोध गरेका छन । संयोजक महरले कानुन भन्दा माथी कोहि पनि नभएको अवगत गराउदै स्कुललाई कानुनी दायरामा ल्याउन अनेरास्ववियूले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएका छन ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन

अहिले विश्व कोरोना भाइरसको संक्रमण का बिरुद्ध लडिरहेको छ। नेपालमा पनि यसका बिरुद्ध को सतर्कता र सचेतना जारी छ। मुलुक अहिले अर्ध क्वारेन्टाइनमा छ । सरकारले हिजो मात्रै एस ई ई परीक्षा लगायत सम्पुर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।नयाँ भर्ना नलिन भनेको छ । भिडभाडमा नजानका लागि अनुरोध गरेको छ ।

तर जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलले सरकारी निर्णयको उल्लंघन गर्दै हिजो चैत ५ गते प्रबेश परीक्षा सञ्चालन गरेको छ। जहाँ आठ हजार विद्यार्थी ले परीक्षा दिएका छन र त्यतिकै संख्यामा अभिभावक उपस्थित भएका छन । यो स्कुलले सरकारको निर्णय को धज्जी उडाएको छ भने आफुलाई सरकार भन्दा माथी छु भन्ने सन्देश दिएको छ । अर्का तिर हाम्रा बालबालिका र जनताको स्वास्थ्य माथी खेलवाड गरिरहेको छ ।

सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अबिलम्ब कार्बाहिको दायरामा ल्याउन जोडदार अपिल गर्दछु । अन्यथा कानुन भन्दा माथी कोहि पनि नभएको अवगत गराउदै यो स्कुललाई कानुनी दायरामा ल्याउन अनेरास्ववियूले जस्तो सुकै कदम चाल्ने जानकारी गराउन चाहन्छु।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १२:०७