कोरोनाबारे जान्नै पर्ने पछिल्लो ११ तथ्य
६ चैत, काठमाडाैँ । कोरोना भाइरसको कारण विश्व नै त्रासमा रहेको छ । विश्वका सबै देशमा उच्च सतर्कता अपनाइएको छ । नेपालमा यसको रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय प्रयास भैरहेको छ । सरकारले उच्चस्तरीय सयंन्त्र नै बनाएर काम गरिरहेको छ । हामीले यहाँ क्यानडाको ग्लोबल पब्लिक अफयेर्सले तयार पारेको कोरोना बारेको ११ तथ्य प्रस्तुत गरेका छाैँ ।

COVID-19 कहर: ११ जानकारी !
१) चीनमा कोही उपचार गर्न नआएपछि अन्तिम कोरोना अस्पताल पनि बन्द गरेको छ । वुहानमा १०३ वर्षकी बृद्धा पनि ६ दिने उपचारपछि घर फर्किएकी छिन् । साथै एप्पल कम्पनीले चीनमा ४२ वटा पसल पुनः सञ्चालनमा ल्याएको छ ।
२) दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ ।
३) अमेरिकाको सियाटलमा कोभिडको खोपको मानव परीक्षण सुरु भएको छ ।
४) भारतका डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भैसकेका छन् । डाक्टरले बिरामीमा Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine औषधि चलाउन सुझाब दिएका छन् ।
५) एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताले कोरोना भाइरसबिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।
६) क्लेभिल्यांड क्लिनिकले कोभिडको परीक्षण रिजल्ट केही घन्टामै आउने उपायको बिकास गरेको छ ।
७) इजरायली वैज्ञानिकहरु कोरोनाबिरुद्धको खोप बिकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन् ।
८) क्यानाडेली वैज्ञानिकहरुको संजालले कोभिडको अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ ।
९) सानडिएगोको एउटा बायोटेक कम्पनी, सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिडको खोप बिकासमा तीब्रगतीले लागेका छन् ।
१०) कोभिड निको हुने रोग हो । दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन् ।
११) कोभिडबाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ ।
प्रकाशित मिति : March 19, 2020 at 11:26 am









