तीस हजार घुससहित अदालतका श्रेस्तेदार पक्राउ
६ चैत, कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस सहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग रु ३० हजार घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित पसलबाट पक्राउ गरेको हो ।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालले पराजुलीलाई मदिरा पसलबाट अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयकाे छ । सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै पराजुलीले घुस मागेको बताइएको छ । शुरुमा रु ५० हजार मागेका उनले छलफलका क्रममा रु ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको स्रोतले जनाएको छ । पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको बताइन्छ ।
प्रकाशित मिति : March 19, 2020 at 11:03 am









