आज चट्याङसहित हल्का वर्षाको सम्भावना
६ चैत्र, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै, राति भने देशभर सामान्यतया मौसम सफा रहनेछ ।
प्रकाशित मिति : March 19, 2020 at 10:46 am









