एसईई दिने परीक्षार्थीबाट २ हजार घुस लिने प्रधानाध्यापक पक्राउ
५ चैत, जनकपुरधाम । एसईई दिने परीक्षार्थीबाट २ हजार घुस लिने प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषामा घुस रकमसहित प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ स्थित जनता माध्यामिक विद्यालयलका प्राधानाध्यापक महेन्द्र महतो छन्।

बिहिबारदेखि सुरु हुन लागेको एसईईको प्रवेशपत्र उपलब्ध गराउने भन्दै परीक्षार्थीबाट २ हजार घुस लिएपछि प्रधानाध्यापक महतोलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ। एसईई परीक्षाको फारम ढिलो भरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन नमिल्ने र आफूले उक्त काम गर्न सक्ने भनी प्रधानाध्यापक महतोले परीक्षार्थीबाट २ हजार रुपैयाँ घुस लिएका थिए। उनीमाथि थप अनुसन्धानका लागि आयोगले बर्दिबासस्थित कार्यालय लगेको छ।
प्रकाशित मिति : March 18, 2020 at 6:13 pm









