पहिलो किस्ता लिएर पनि घर नबनाउने एउटै वडाका दश जनाले फिर्ता गरे अनुदान
५ चैत, मेलम्ची । भूकम्पपछि जिल्लामा आवास पुनःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला वडाका १० भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गरेका छन् । भोटेकोशी गाउँपालिका–३ का भूकम्पपीडितले आवास निर्माण अनुदान पहिलो किस्तावापतको रु पचास हजार जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख लक्ष्मणकुमार सेठसमक्ष अनुदान फिर्ता गरेका हुन् ।

पीडितले जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पा र वडाध्यक्ष कैलाश पौडेलको रोहवरमा मङ्गलबार अनुदान रकम फिर्ता गरेका थिए । अनुदान फिर्ता गर्नेमा दुगुनागढीका विस्थापित र सुकुम्बासी सार्की कामी, गोकुल कामी, पूर्णबहादुर विक, विष्णु कामी, काली कमिनी, सानु विक, मनमाया कामी, सोमबहादुर कामी र गोरीमाया कामी छन् ।
प्रकाशित मिति : March 18, 2020 at 5:46 pm









