यूएई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने शिवकुमार गाेंगबुबाट पक्राउ
४ चैत, काठमाडाैँ । वैदेशिक रोजगारीका लागि यूएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार पक्राउ पर्नेमा बागलुङ, ढोरपाटन नगरपालिका ४ घर भई काठमाडाैँकाे रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन् ।

रोजगारीको प्रलोभनमा पारी ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ पैसा लिई शिवकुमार फरार भएका थिए । पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडाैँको गाेंगबुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
शिवकुमारलाई आवश्यक कारबाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा बुझाइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : March 17, 2020 at 6:09 pm









