१० असार २०८३, बुधबार | Wed Jun 24 2026

आफ्नै भाउजूलाई खुकुरी प्रहार गरेको आरोपमा देवर पक्राउ

४ चैत, रौतहट । खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको आरोपमा देवर पक्राउ गरेकाे छ। रौतहटको यमुनामाई गाँउपालिका-१ की पुनम सहनीलाई  खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी प्र हार गरेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।


घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताएका छन् ।

प्रकाशित मिति : March 17, 2020 at 2:19 pm