१० असार २०८३, बुधबार | Wed Jun 24 2026

काभ्रेकाे पनाैतीमा अनिश्चितकालीन कर्फ्यु

४ चैत, काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चाेककाे पनौतीमा बिहान ९ बजेबाट अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ । पनौती नगरपालिका ५ मानेश्वरीमा सोमबार टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि विरोधमा राति प्रहरी र स्थानीयबिच झडप भएकाे थियाे ।

झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले बिहान ९ बजेदेखि अनिश्चितकालकाे लागि कर्फ्यु लगाएकाे हो ।

 

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएकाे थियाे ।

त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।

प्रकाशित मिति : March 17, 2020 at 10:15 am