पनाैती गोलीकाण्डः प्रहरीले प्रदर्शनकारीलाई हानेको गोली प्रहरीकै ढाडमा कसरी लाग्यो ?
४ चैत, काभ्रे । सोमबार मध्यरातमा पनौती तनावग्रस्त बन्यो । टिपरले किचेर दुई जनाको ज्यान गएपछि पनौतीको अवस्था असामान्य बनेको हो । पीडितका आफन्तले पनौती बसपार्कमा प्रदर्शन गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । टिप्परले किच्दा आमा र छोरीको ज्यान गएपछि आफन्त आक्रोशित बनेका हुन ।
प्रदर्शन झडपमा बदलिएपछि गोली चल्यो त्यो पनि दर्जनबढी राउण्ड । सोही मात्रामा अश्रुग्यास पनि हानियो । यो क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रहरीनै घाइते भएका छन । उनको देब्रे हातको पातोमा गोली लागेको छ ।

प्रहरी र स्थानीयबीचकाे झडपमा गोली चल्दा नेपाल प्रहरीका हवल्दार दिलिप बुढाथोकीको देब्रे हातकाे पातोमा गोली लागेको हो । स्थानीय हर्कबहादुर लामा र शरदलाई गोलीको छर्रा लागेको छ । झडपमा घाइते भएका दुई जना प्रहरी र तीन जना स्थानीयको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गोली कसले चलायो भनेर पत्ता लाग्न सकेको छैन । तर गोलीकै कारण तीन जना घाइते भएका छन । पानाैति बसपार्क सोमबार राति बा ५ ख ५४८० नम्बरको टिप्परले खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको हो ।


प्रकाशित मिति : March 17, 2020 at 7:33 am









