१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सतुंगलबाट साढेँ ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

३ चैत, काठमाडाैँ । प्रहरीले मास्क कालोबाजरी गर्नेविरूद्धको अभियान तीव्र बनाएको छ । सोमबार बिहानमात्रै प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सबाट यति ठूलो संख्यामा मास्क बरामद गरेको हो ।

प्रहरीले आरडी सप्लायर्सबाट मास्कसहि सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पनि पक्राउ गरेको छ । गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन । गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : March 16, 2020 at 11:40 am