१० असार २०८३, बुधबार | Wed Jun 24 2026

इटहरीमा मोटरेवल पुल बन्ने, सांसद र मेयरले माटो खनेर शिलान्यास गरे

३ चैत, इटहरी ।  इटहरी उपमहानगरपालिका–१६ स्थित हक्राहा खोलामा रु ८३ लाखको लागतमा मोटरेवल पुल बन्ने भएको छ । आज सांसद सीताराम मेहता र इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले संयुक्त रुपमा पुलको शिल्यान्यास गरेका छन ।

पुल निर्माणका लागी सांसद विकास कोष कार्यक्रमबाट रु ५० लाख र अन्य रकम उपमहानगरपालिकाको लगानी रहने गरी कूल रु ८३ लाख ७२ हजारको लागतमा पुल निर्माण हुने उपमहानगरका इन्जिनीयर जीवन घिमिरेले जानकारी दिए । सो पुलबाट वडा नं १६, १७ र १८ का स्थानीयवासी प्रत्यक्षरुपमा लाभान्वित हुने इन्जिनीयर घिमिरेले बताए ।

प्रकाशित मिति : March 16, 2020 at 9:01 am