नुवाकोटको किस्पाङमा राजकुमार ढुंगेलको अध्यक्षतामा घरेलु तथा साना उद्योग संघ गठन
१ चैत, नुवाकोट । नुवाकोटको किस्पाङमा राजकुमार ढुंगेलको अध्यक्षतामा नेपाल घरेलु तथा साना उद्योग संघ गठन भएको छ । शुक्रबार गाउँपालिका भरिका उद्यमीहरूको भेलाले संङ गठन गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा किस्पाङका अध्यक्ष समेत रहेका उद्यमी वीरबल तामाङको उपस्थितमा भएको भेलाले संघको वरिष्ठ उपाध्यक्षमा मायो घलेलाइ चयन गरेको छ ।
त्यस्तै संघको उपाध्यक्षमा उपाध्यक्षमा राजकुमार तामाङ, सचिवमा किसनकुमार मोक्तान, र कोषाध्यक्ष सूर्यबहादु तामाङ चयन भएका छन ।यस्तै सदस्यहरूमा कृष्ण प्रसाद ओझा, मेक तामाङ, विन्दा देवकोटा, मानबहादुर तामाङ, नन्दराम न्यौपाने, मोनराज घले, रस तामाङ, रामकृष्ण भट्ट चयन भएका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्तर्गत रहने संघको महिला समिति पनिसँगै गठन गरिएको छ । समितिको अध्यक्षमा संगीता पौडेल चयन भएकी छिन । यस्तै उपाध्यक्ष यदुकुमारी न्यौपाने, सचिवमा आरती फूयाँल र कोषाध्यक्षमा दीलमाया तामाङ चयन भएकी छिन । त्यस्तै सदस्यहरूमा तुलसी न्यौपाने, कमला ओझा, श्रीमाया तामाङ चयन भएका छन ।
भेलाले संघको प्रतिनिधिहरू समेत चयन गरेको छ । प्रतिनिधिको रूपमा पदाधिकारी भन्दा बाहिरबाट बीरवल तामाङ, रूद्र प्रसाद न्यौपाने र तुलबहादुर तामाङ चयन भएका छन । संघले उद्यमीहरूको हितका निम्ति काम गर्ने र किस्तपाङलाइ नुवाकोटमा नमुना बनाउने संकल्प पनि गरेको छ ।
प्रकाशित मिति : March 14, 2020 at 6:03 pm









