फिजीका लागि गैर आवासीय नेपाली राजदूतमा दाहाल निर्वाचित
३० फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
प्रकाशित मिति : March 13, 2020 at 5:41 pm







