शान्ति मिसनमा जान लागेको ६९९ सदस्यीय नेपाली सेनाको टोली काेरोनाका कारण रोकियो
३० फागुन, काठमाडाैँ । काेरोना भाइरसको महामारीका कारण संयुक्त राष्ट्रसंघले शान्ति सेनाका लागि सुडान उड्न लागेको नेपाली सेनाको टोलीलाई रोकेको छ ।

संयुक्त राष्ट्रसंघले विश्वभर फैलिरहेको कारोनाको संक्रमणको कारण देखाउँदै शान्ति मिसनमा दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारीलाई नपठाउन पत्र पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव शर्माले बताए ।
संयुक्त राष्ट्रसंघले एसियन राष्ट्रबाट शान्ति सेनामा जाने नेपाल, भारत, चीन, कम्बोडिया र दक्षिण कोरियालाई हालका लागि रोक लगाएको सैनिक प्रवक्ता शर्माले बताए ।
प्रकाशित मिति : March 13, 2020 at 10:43 am









