१० असार २०८३, बुधबार | Wed Jun 24 2026

अत्यधिक रक्सी खाँदा धनुषामा ६ जनाकाे मृत्यु

३० फागुन, काठमाडाैँ । होलीकाे दिन अत्यधिक रक्सी खाँदा धनुषामा ६ जनाको मृत्यु भएकाे छ । क्षिरेश्वरनाथ नगरपालिका- २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाकाे जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

अत्यधिक रक्सी सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायकले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : March 13, 2020 at 10:20 am