दोलखामा घुस खाएर काठमाडौँ आउँदै गरेकी वन अधिकृत शान्तमाया श्रेष्ठ भक्तपुरबाट पक्राउ
२९ फागुन, काठमाडौँ । अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाका अधिकृत शान्तमाया श्रेष्ठलाई घुससहित पक्राउ परेको छ । श्रेष्ठ सेवाग्राहीसँग लिएको घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेकी छिन । आयोगको टोलीले श्रेष्ठलाई नगद दुई लाख तीन हजार सहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको दोलखाका पत्रकार प्रभु जिरेलले जानकारी दिए ।

श्रेष्ठले प्रयोग गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेकी श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सहित रहेको आयोग स्रोतले जनाएको छ ।
प्रकाशित मिति : March 12, 2020 at 8:53 pm









