९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

अमेरिकामा बस्ने नेपालीद्धारा बिरामी कर्णबहादुरको उपचारका लागि १ लाख २६ हजार सहयोग

२८ फागुन, काठमाडाैँ । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन् । धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।

माडी गाउँपालिका-६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर (४७) विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराईरहेका छन् । पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए । साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

अमेरिकामा बस्दै आएका नेपालीहरु भूबन आले $५१, मानबहादुर र बिरपति बाँठामगर $५१, जीवराज बुढा/याशिका बाठामगर $५१, मणी थापा $ १०१, लक्ष्मी पुन $२५, गंगा सिंजाली $४९, रबिन थापा मगर $ ४१, सबिता थापा $ ३०, रिम थापा $ ३०, सरु गाहा $ ३०, यम थापा $ २५ सहयोग गर्नुभएको थियो ।

त्यस्तै रबिन मगर $ ५१, करन थापा $ ४१, सुमन पाठक $१५, खेम निरौला $२५, प्रविन कवर $ २७, दिपक थापा $५१, देवि थापा $ ३०, कमल मगर $४१, लिला लामीछाने $ २५, यज्ञ राना $ ५०, कमला थापा $ ५०, दिपक कार्की $ २०, तेजेन्द्र थापा $ २५, नारायण के सी $ २५, निग्मा शेर्पा $ ५०, नगेन्द्र लिम्बु $ २५, दिपक छेत्री $ २५ र जानकी थापा $ ५० गरी जम्मा $१,११० (डलर) सहयोग गरेका हुन् । संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत बिरामी कर्णबहादुरलाई काठमाडौँमा भेटेर हस्तान्तरण गरिएको हो ।

 

प्रकाशित मिति : March 11, 2020 at 2:10 pm