प्रधानमन्त्री ओलीलाई सिंगापुर लैजाने समाचार १०१ प्रतिशत झूठ र भ्रमको खेतीः सल्लाहकार थापा
२८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि सिंगापुर लैजाने भन्ने समाचारको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन । केही अनलाइन सञ्चार माध्यमले प्रधानमन्त्रीको स्वास्थयमा गम्भीर समस्या आएको भन्दै ओलीलाई सिंगापुर लैजाने तयारी गरेको समाचार प्रकशन गरेपछि सल्लाहकार थापाले खण्डन गरेका हुन ।

उनले भनेका छन ‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ ।’ थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित रूपमा नै सुधार भैरहेको पनि बताएका छन ।
यो पनि पढ्नुहोस्
-प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, बुधबार बिहान आफ्नो दाह्री आफैँले काटे
प्रकाशित मिति : 12:57









