१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

विचारको राजनीति गर्ने व्यक्तिलाई बमले निरूत्साहित बनाउने दिवास्वप्न नदेख्न ऐन महरको चेतावनी

२८ फागुन, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले विचारको राजनीति गर्ने व्यक्तिलाई बमले निरूत्साहित बनाउने दिवास्वप्न नदेख्न  चेतावनी दिएका छन । बुधबार बिहान पूर्व सञ्चारमन्त्री समेत रहेका नेकपाका नेता गोकुलपुसाद बाँस्कोटाको घरमा भएको बम बिस्फोटको निन्दा गर्दै संयोजक महरले यस्तो चेतावनी दिएका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेख्दै संयोजक महरले बम बिस्फोटको घटनाको घोर भत्सर्ना गर्दै अपराधीलाई अविलम्ब कानुनी कारबाही गर्न नेपाल सरकार गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन । उनले लेखेका छन  ‘लोकतन्त्र भनेको शान्तिको जगमा बिचारको राजनिती गर्ने ब्यबस्था हो। बिचारले पराजित भएका आततायी जत्थाहरुले यस्ता खालका हिंसात्मक गतिबिधी गरेर शान्ती र बिचारको राजनिती गर्ने ब्यक्तिलाई निरुत्साहित बनाउन खोज्नु दिवासपना मात्रै हो।’

प्रकाशित मिति : 12:20