प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, बुधबार बिहान आफ्नो दाह्री आफैँले काटे
२८ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बनेको छ । केहीदिनदेखि अस्पताल भित्रै हिँडडुल गरिरहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान आफ्नो दाह्री आफैंले काटेका छन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीले आफ्नो दाह्री आफैँले काटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।

बुधबार बिहान सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वस्थ्य बन्ने क्रम रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैंले दाह्री काटेको उल्लेख गरेका छन । उनले प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको बताउँदै प्रधानमन्त्रीले हिँडडुल र नियमित व्यायाम जारी राख्नुभएको समेत उल्लेख गरेका छन ।
प्रकाशित मिति : 11:43









