निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम बिस्फोट, घर र गाडीमा क्षति
२८ फागुन, काठमाडाैँ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम बिस्फोट भएको छ । बास्कोटाको लोकन्थलीस्थित घरमा कुकर बम विस्फोट भएको हो । बिस्फोटबाट भुइँ तल्लामा क्षति पुगेको छ । झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको छ।

मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान पौने ८ बजे ठूलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान समेत क्षतिग्रस्त भएको छ।
विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन्। बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको प्रहरीले जनाएकोछ ।
प्रकाशित मिति : March 11, 2020 at 8:32 am









