९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा राधेश्याम अधिकारी

२७ फागुन, काठमाडाैँ । नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 10, 2020 at 10:19 pm