९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

नुवाकोटका रामराजा थापा माथि बालाजुमा तेजाव आक्रमण, श्रीमति प्रतिमा पक्राउ

२७ फागुन, काठमाडाैँ । नुवाकोटका एक युवा माथि बालाजुमा तेजाव आक्रमण भएको छ । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १३ स्थायी घर भएका हाल काठमाडाैँको तारेकश्वर नगरपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको हो ।

महानगरीय प्रहरी वृत बालाजुका पुमुख डिएसपी रन्जितसिंह राठौरले दैनिकीसँग कुरा गर्दै रामराजा थापामाथि तेजाब आक्रमण भएको पुष्टि गर्दै उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको जानकारी दिए । थापा माथि उनकै श्रीमतिले तेजाब आक्रमण गरेको अाशंका गरिएको छ । उनको श्रीमति प्रतिमा थापालाइ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोमबार राति सुतिरहेकै ठाउँमा थापामाथि तेजाव आक्रमण भएको प्रहरीले जनाएको छ । उनको सोमबार रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । थापाको हात र अनुहारमा तेजाब परेको छ । प्रहरी नियन्त्रणमा रहेकी रामराजाकी श्रीमति प्रतिमाले झ्यालमा एसिड राखिएको र आफै बोत्तल खसेर मुखमा पर्न गएको प्रहरीसमक्ष बयान दिएकी छन् ।

उनीहरुबीच ६ वर्षअघि विवाह भएको थियो । रामराजा र प्रतिमाका तीन महिनाका एक सन्तान पनि छन् । पारिवारिक विवादका कारण तेजाब आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । रामराजा सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 10, 2020 at 8:31 pm