१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं : चिकित्सक

२७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल डिस्चार्ज गर्ने कुनै योजना नभएको चिकित्सकहरुले स्पष्ट पारेका छन् । डिस्चार्जका विषयमा विभिन्न सञ्चारमाध्यमले आफुखुशी समाचार प्रकाशन गर्न थालेपछि चिकित्सकले पत्रकार सम्मेलन गरी उहाका स्वास्थ्यका सबै सूचक सकरात्मक भएपनि डिस्चार्जको योजना नभएको बताएका हुन् ।

प्रधानमन्त्रीकी निजी चिकित्‍सक डा. दिव्यासिंह शाहले उहाका शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण रहेको बताउनु भयो । डा. सिंहले प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी दिनुभयो । ‘प्रधानमन्त्रीले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छ’, उहाले भन्नुभयो, ‘६ महिनापछि प्रधानमन्त्रीले सामान्य मानिस जस्तै काम गर्न सक्नु हुन्छ ।’

उहाले प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने आफुहरुको तयारी भएपनि कहिले गर्ने भन्ने एकिन निर्णयमा नपुगेको बताउनु भयो । ‘प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं’, उहाले भन्नुभयो, ‘अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ ।’

उहाले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्‍न भनिएकाले थप दिन लम्बिएको बताउनुभयो । ‘कुन दिन हुन्छ भन्‍न सकिँदैन, तीन दिनभित्र जुन दिनमा पनि हामी उहाँलाई बालुवाटार फर्काउन सक्छौँ’, उहाको भनाई थियो । उहाले प्रधानमन्त्री ओलीलाई संक्रमणबाट जोगिन केही दूरीमा बस्नुपर्ने समेत बताउनु भयो ।

प्रकाशित मिति : 17:21