११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

७५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेका ठेकदार भेटवालद्वारा आत्मसमर्पण

२७ फागुन, काठमाडौँ । ७५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेका ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भेटवालले आत्मसमर्पण गरेको पुष्टि गरेका छन ।

भेटवाललाइ प्रहरीले खोजी रहेको थियो । चन्द्र तामाङको किटानी जोहरीमा उनीविरूद्ध ठगी मुद्दा दार्ता भएपछि उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । भेटवाल जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक हुन् । भेटवाल त्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : March 10, 2020 at 11:47 am