कुवेतबाट फर्किएका एक नेपालीमा कोरोना आशंका, पाटनको आइसोलेसन वार्डमा भर्ना
२६ फागुन, काठमाडौँ । कोरोनाको उच्च जोखिममा रहेको नेपालमा विदेशबाट फर्किने नेपालीका कोरानाको अशंका गरिको छ । कोराना संक्रमित देखिएका मुलकबाट नेपाल फर्किएका केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको आशंका गरेपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सोमबारमात्र कुवेतबाट फर्किएका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । स्रोतका अनुसार सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । ती युवाको नमुना परीक्षण भने मंगलबार मात्रै गरिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : March 9, 2020 at 8:19 pm









