होली खेलेर नुहाउन बाथरुम छिरेका नेविसंघ डडेल्धुराका कावा अध्यक्ष पदम भण्डारी मृत भेटिए
२६ फागुन, कैलाली । नेविसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए।
प्रकाशित मिति : March 9, 2020 at 7:05 pm









